साउदी अरवको उत्तरपूर्वी क्षेत्रका २ वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

साउदी अरवको उत्तरपूर्वी क्षेत्रका २ वटा तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

एजेन्सी, २८ भदौ । साउदी अरबका दुई मुख्य तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको छ । ड्रोन आक्रमणका कारण तेल प्रशोधन स्थलमा आगलागी भएको अन्तरराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र खुराइजमा रहेका विशाल तेल प्रशोधन स्थलमा ड्रोन आक्रमण भएको हो ।

साउदी अरवका सरकारी समाचार माध्यमहरूका अनुसार ती दुवै आगलागी नियन्त्रणमा आइसकेका छन् । आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन ।

तर विगतमा भएका यस्ता आक्रमणका लागि साउदीले इरान निकट यमनका हुथी विद्रोही समूहमाथि आरोप लगाउने गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);