ओसामा बिन लादनेका छोरा हम्जा मारिएको ट्रम्पद्वारा पुष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

ओसामा बिन लादनेका छोरा हम्जा मारिएको ट्रम्पद्वारा पुष्टि

hamja di laden

एजेन्सी, २९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामाबिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको पुष्टि गरेका छन् ।

शनिवार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले अलकायदाका पूर्व प्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको अफगानिस्तान र पाकिस्तान क्षेत्रमा अमेरिकाले सञ्चालन गरेको प्रतिआतंकवाद कारवाहीमा मृत्यु भएको जनाएका हुन् । तर, ट्रम्पले हम्जा बिन लादेनको मृत्यु भएको समयबारे केही उल्लेख गरेका छैनन् । हम्जा बिन लादेनले आफ्ना बुवा ओसामा बिन लादेनको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह गरेका थिए । उनका बाबु ओसामा बिन लादेन अमेरिकी विशेष फौजद्वारा सन् २०११ मा पाकिस्तानमा मारिएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);