साउदीमा तेल कम्पनीमा ड्रोन आक्रमण, तेल र ग्यास उत्पादनमा कटौती | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

साउदीमा तेल कम्पनीमा ड्रोन आक्रमण, तेल र ग्यास उत्पादनमा कटौती

saudi

एजेन्सी, २९ भदौ । साउदी अरेबियाले तेल र ग्यास उत्पादनमा कटौती गरेको छ । सरकारी स्वामित्वमा रहेका अरामकोकास्थित दुईवटा तेल कम्पनीमा ड्रोन आक्रमण भएपछि साउदीले तेल र ग्यास उत्पादनमा कटौती गरेको हो ।

साउदीका उर्जामन्त्री प्रिन्स अब्दुलाजीज बीन सलमानले तेलको उत्पादनमा प्रतिदिन ५ दशमलव ७ मिलियन ब्यारलले कटौती गरेको जानकारी दिएका छन् । यता यमनका हुथी विद्रोहीका प्रवक्ताले तेल कम्पनीमा भएको आक्रमणको जिम्मा लिएका छन् । उनले आक्रमणमा १० वटा ड्रोन प्रयोग भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);