साउदी अरबका तेल खानीमा आक्रमणको दाबी गर्नेे हुथी विद्रोहीद्वारा शान्ति वार्ताको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

साउदी अरबका तेल खानीमा आक्रमणको दाबी गर्नेे हुथी विद्रोहीद्वारा शान्ति वार्ताको प्रस्ताव

SAUDI

एजेन्सी, ५ असोज । गत साता साउदी अरबका तेल खानी र प्रसोधन स्थलमा आक्रमणको दाबी गरेको हुथी विद्रोहीले शान्ति वार्ताको प्रस्ताव गरेको छ । हुथीका सर्वोच्च राजनीतिक परिषद् अध्यक्ष महदी अलमसातले टेलिभिजन च्यानलमार्फत् साउदी अरेबियामा आक्रमण नगर्ने घोषणा गर्दै शान्ति वार्ताको प्रस्ताव गरेका हुन् ।

उनले कसैले हाम्रो पहलमा प्रतिक्रिया दिएनन् भने यो मामलामा फेरि फर्कने र जवाफ दिने अधिकार सुरक्षित रहेको समेत बताएका छन् । यता उनको प्रस्तावलाई संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । संयुक्त राष्ट्र संघले विज्ञप्ति जारी गर्दै यसले युद्ध अन्त्यका लागि सन्देश प्रवाह गर्ने बताएको छ । गत सेप्टेम्बर १४ मा साउदी अरेबियाको अबक्वेक तेल फ्यासिलिटी र खुरइस तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरिएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);