विदेशी सेनाको उपस्थिती स्वीकार्य नहुने राष्ट्रपति रुहानीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

विदेशी सेनाको उपस्थिती स्वीकार्य नहुने राष्ट्रपति रुहानीको चेतावनी

President-Hassan-Rouhani

एजेन्सी, ५ असोज । इरानका राष्ट्रपति हसन रुहानीले खाडी क्षेत्रमा विदेशी सैनिकको उपस्थिती स्विकार्य नहुने चेतावनी दिएका छन् । साउदी अरबका इन्धन केन्द्रमा इरान समर्थित यमनको हुथि विद्रोहीले ड्रोन आक्रमण गरेपछि अमेरिकाले साउदी अरबमा थप सेना पठाउने तयारी गरिरहेको बेला इरानी राष्ट्रपति रौहानीले यस्तो चेतावनी दिएका हुन ।

यसअघि इरानको सैनिक दस्ता रेभुलेसनरी गार्डले पनि खाडि क्षेत्रमा थप सैनिक नपठाउन अमेरिकालाइ सचेत गराइसकेको छ । सेप्टेम्वर १४ तारिखमा आउदी अरवका दुईवटा मुख्य ईन्धन प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको थियो ।उक्त आक्रमणमा ईरानको संलग्नता रहेको अमेरिकाले आरोप लगाएको छ ।

इरानले भने अमेरिकी आरोपको खण्डन गर्दे आएको छ । राष्ट्रपति रुहानीले विदेशी सेनाले सधैं दुःख र पीडा दिएको उल्लेख गर्दै खाडी क्षेत्रलाई हतियारको दौडका रुपमा प्रयोग नगर्न पनि चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);