साउदी अरेबियाले उत्पादन घटाएपछि विश्व बजारमा इन्धनको मूल्य आकाशियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउदी अरेबियाले उत्पादन घटाएपछि विश्व बजारमा इन्धनको मूल्य आकाशियो

saudi arabia

एजेन्सी, ३० भदौ । साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा कटौती गरेपछि इन्धनको मूल्य विश्व बजारमा पछिल्लो चार महिना यताकै उच्च भएको छ । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोका दुई ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि साउदी अरेबियाले तेल तथा ग्यासको उत्पादनमा झण्डै आधा कटौती गरेको हो ।

यसको अर्थ विश्व बजारमा आपूर्ति हुने पाँच प्रतिशत तेलमा कमी आयो । आपूर्ति कटौती भएसँगै ब्रेन्ट क्रूडमा इन्धनको मूल्य १९ प्रतिशतले बढेर प्रति ब्यारेल ७१.९५ अमेरिकी डलर पुगेको छ । यस्तै वेष्ट टेक्सास इन्टरमिडिएटमा १५ प्रतिशतले बढेर ६३.३४ अमेरिकी डलर पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा रहेको मौज्दात इन्धन निकासीका लागि स्वीकृति दिएपछि मूल्य केही कम हुने संकेत देखिएको छ । उत्पादन कटौती भएको साउदी अरेबियाका तेल प्रशोधन केन्द्र आफ्नो पूर्ण क्षमतामा सञ्चालनमा आउन केही हप्ता लाग्ने छ ।

साउदीका उर्जा मन्त्री प्रिन्स अब्दुलाजिज बिन सलमानका अनुसार ड्रोन आक्रमण पश्चात तेल उत्पादन दिनको ५.७ मिलियन ब्यारेल कम भएको छ । यसको अर्थ साउदी अरेबियाले नियमित रुपमा उत्पादन गर्दै आएको तेलको मात्रामा आधा कटौती भएको हो ।यमनका हुथी बिद्रोहीले साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका हुन् । त्यसका लागि १० वटा ड्रोन प्रयोग गरिएको हुथी बिद्रोहीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);