अमेरिकामा अत्याधिक मात्रामा पेट्रोलियम पदार्थको उत्पादन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अमेरिकामा अत्याधिक मात्रामा पेट्रोलियम पदार्थको उत्पादन

petrol

एजेन्सी,३ फागुन । अमेरिकामा अत्याधिक मात्रामा पेट्रोलियम पदार्थको उत्पादन भइदिदा पेट्रोल निर्यात गर्ने देशहरुको संगठन ओपेक एवम् रसियालाई मर्का परेको छ । अमेरिकी पेट्रोलियम पदार्थको उत्पादन अहिले बढ्दो छ ।

अमेरिकाले यस्तै गरि पेट्रोलियम पदार्थको उत्पादन गर्ने हो भने अमेरिकाले छिटै साउदी अरेबियाले भन्दा धेरै तेल उत्पादन गर्नेछ र रुसलाई विश्वव्यापी ताजको लागी टक्कर समेत दिने देखिन्छ । अन्तराष्ट्रिय उर्जा आयोगका अनुसार अमेरिकामा यो वर्ष मात्रै प्रतिदिन १० दशमलब ४ मिलियन ब्यारल तेल निक्लने गर्दछ । यसले अमेरिका तिब्र रुपमा विश्व बजारमा आउने संकेत गर्दछ । सन् २०१६ मा ओपेक राष्ट्रहरुले पेट्रोलियमको ज्यादा आपुर्तिका कारण भाउ घटेर प्रति ब्यारल २६ डलर पुगेका कारण उत्पादन घटाएका थिए ।

उनीहरुले २०१७ को अन्त्यसम्मै उत्पादन घटाउने मन्जुरी गरेका थिए । अन्तराष्टिय उर्जाआयोगका अनुसार सन् २०२५ सम्ममा अमेरिकाले ३० मिलियन ब्यारल तेल र ग्यास उत्पादन गर्नेछ । जुन अहिले भन्दा २५ प्रतिशत धेरै हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);