सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव

surkhet petrol shortage

दिपेश दाहाल
सुर्खेत, २८ असार
। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोलियम पदार्थको अभाव भएको छ । २ दिन यता पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण नगर्दा उपभोक्ता मारामा परेका छन ।

कर्णाली प्रदेशको राजधानि सुर्खेतमा पेट्रोलियम पदार्थको चरम अभाव भएको छ । २ दिनयता अधिकांश पेट्रोल पम्पले तेल वितरण गरेका छैनन् । अत्यावश्यक सवारी साधन एम्बुलेन्सले समेत पेट्रोल पाएको छैन । पेट्रोल तथा डिजेल नपाएपछि उपभोक्ता मारमा परेका छन् ।

सुर्खेतमा कुल २० हजार लिटर पेट्रोल भित्रिने गर्दछ भने ४० देखि ५० हजार लिटर डिजेल खपत हुने गर्दछ । आफ्नै ट्याङ्कर नहुँदा समस्या भएको आयल निगम सुर्खेतले जनाएको छ । आयल निगमका अनुसार गत शनिवार नेपालगञ्जमा ट्ङ्कर चालको अधिवेशन भएको, आईतबार भारतमा विदा भएको र सोमबार नेपालगञ्ज भन्सार नाकामा अनलाईन सिस्टम विग्रिएकोले पेट्रोलियम पदार्थ नआएको निगमले बताएको छ ।

निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि गृहकार्य भैरहेको बताउँदै आएको छ । तर, भण्डारण प्रक्रिया अझै अगाडी बढेको छैन । जसको कारण उपभोक्ताले पेट्रोलीय पदार्थको अभाव झेल्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);