नेपाल आयल निगमले व्यवसायीहरुको माग पुरा गर्ने सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साउन २७ , काठमाण्डौँ । नेपाल आयल निगमले व्यवसायीहरुले अघि सारेका माग पुरा गर्न सहमति जनाएको छ । निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्दा हुने प्राविधिक क्षतिको पूर्ति बढाउने निर्णय गरेसँगै बजारमा सुरु भएको पेट्रोलियम पदार्थको अभाव निराकरण हुने देखिएको छ ।

आयल निगम र आन्दोलित व्यवसायीबीच सहमती भए पनि शुक्रबार अपरान्हसम्म राजधानीका निजि पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ बिक्री सुरु भएको छैन । निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको ढुवानीको क्रममा हुने क्षतिको पूर्ति बढाउने निर्णय गरेको निगमका प्रबक्ता सिताराम पोख्रेलले जानकारी दिनुभयो ।

सञ्चालक समितिको बैठकले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर र्पुयाइएको छ । क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले बिहीवारदेखि निगमसँग पेट्रोल–डिजेल किन्नै छाडेका थिए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);