कोरोना भाईरसको असरले पेट्रोलियम पदार्थको अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोना भाईरसको असरले पेट्रोलियम पदार्थको अभाव

petrol oli

काठमाडौं, ६ चैत । विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाका कारण केहीदिन यता राजधानी काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । सरकारले पेट्रोलियम पदार्थको अभाव हुँदैन भन्ने दावी गरिरहँदा राजधानीका अधिकास पेट्रोल पम्पहरुमा पेट्रोल छैन भन्ने बोर्ड झुण्ड्याएको पाईन्छ भने पेट्रोल वितरण भईरहेका केही पम्पहरुमा निकै लामो लाईन देखिन्छ ।

सरकारले इन्धनको अभाव नरहेको बारम्बार बताउँदै आएको छ । कृत्रिम अभाव गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिंदै आएको छ । तर बजारका पेट्रोल पम्पमा लाइन देखिन्छ । पर्याप्त इन्धन नपाएको सर्वसाधारणको गुनासो छ । खासगरी ग्यांस र पेट्रोलियम पदार्थमा यतिबेला सहजता भेटिंदैन । कोरोनाको त्रासले आवश्यकता भन्दा बढी खरिद गरी जगेर्ना गर्न थालिएपछि दैनिक उपभोग्य सामाग्री लगायत पेट्रोलियम पदार्थको माग बढ्दै गईरहेको छ । जसका कारण अहिले बजारमा खाना पकाउने ग्याँस तथा पेट्रोलको हाहाकार जस्तै भएको छ । राजधानीमा सञ्चालित आधा भन्दा बढी पेट्रोल पम्पहरुले पेट्रोल तथा डिजल खरिद बिक्री नगर्दा सञ्चालित केही पम्पहरुले उपभोक्ताको चाप खेप्न कठिन भएको हो । यता पम्पहरुमा सहज रुपमा पेट्रो नपाउँदा उपभोक्ता भने आजित भएका छन् ।

यता व्यवसायीहरुले भने पेट्रोलियम पदार्थको आयातमा कुनै समस्या नरहेको बताएको छ । पम्पहरुले मागेजति डिलरले उपलव्ध गराउदै आएको र एकै पटक माग बढेको कारण केहीदिन मात्र समस्या परेको व्यावसायीको भनाई छ । पेट्रोल तथा डिजल उपभोक्ताले आवश्यकता भन्दा कढी संकलन गरेर राख्नाले बजारमा अभाव देखिएको व्यवसायीले बताए ।

कोरोना भाईरसको त्रासका कारण विश्वमा धेरै मुलुकहरु लकडाउन भए पछि राजधानीमा रहेका आधा भन्दा बढी पम्पले पेट्रोल नउठाईदिदा केहि पम्पले मात्र उपभोक्ताको चाप थेग्न कठिन भएको हो । अहिले सञ्चालीत पेट्रोल पम्पले दैनिक १२ देखि १४ हजार लिटर पेट्रोल तथा डिजल बिक्री गरिरहेका छन् । विश्व बजारमा अहिले इन्धनको मूल्य घट्दो छ । नेपालमा पनि घट्न आंकलन गर्दै व्यवसायीले नियमित इन्धन नउठाउँदा पनि बजारमा अभाव देखिएको हो । इन्धनमा कृत्रिम अभाव गर्ने राजधानीका केही इन्धन डिपोलाई सरकारले दुई लाखसम्म जरिवाना पनि गरेको छ । अभाव भन्दा पनि त्रासले अहिले बजारमा इन्धनको कृत्रिम अभाव देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);