भारतले रोकेको पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

भारतले रोकेको पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रिए

petrol tanker

झापा, २५ जेठ । ‘डाटा इन्ट्री सिस्टम’ समस्या देखाउँदै भारतको पश्चिम बंगालमा भारतले रोकेका पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रिएका छन् । पेट्रोल ट्यांकरहरु भित्रिएसँगै पूर्वका ४ जिल्लाका अधिकांश पम्पहरुमा पेट्रोलियम पदार्थ वितरण भईरहेको छ ।

मेची अञ्चलको इन्धन आपूर्ति अस्तव्यस्त भएसँगै सास्ती भोग्दै आएका उपभोक्ताहरुले आयातपछि केही राहत महशुस गरेका छन् भने तेल हाल्न पूर्वका पम्पहरुमा निकै ठूलो लाइन देख्न सकिन्छ । केही समय अघिसम्म हातले हुने डाटा इन्ट्रीलाई कम्प्युटराइज्ड गरेका कारण ट्यांकर छुट्न ढिला हुने गरेको भन्दै भारतीय आयल कर्पोरेशनले ढिलो काम गर्दै आएको थियो ।

नेपाल आयल निगम चारआलीका प्रमुख सनम कार्कीले मेची अञ्चलमा देखिएको इन्धन आपूर्तिको समस्या समाधानका लागि भारतीय पक्षसँग समेत छलफल भएको बताउनु भयो ।

पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लामा तेलको हाहाकार भएको थियो । यसका कारण स्थानीयवासी पूर्ण रुपमा प्रभावित भएका थिए ।

झापाको चारआलीस्थित नेपाल आयल निगमको डिपोले भारतको सिलिगुढीबाट पेट्रोलियम पदार्थको आयात गर्दै आएको थियो । निगम चारआलीले आइतबारसम्म सहज हुने गरी पेट्रोलियम पदार्थ पम्पहरुमा पठाएको जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);