झापाका ट्याङकर चालक र मजदुरहरु आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

झापाका ट्याङकर चालक र मजदुरहरु आन्दोलित

झापा, १ चैत । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै झापामा ट्याङकर चालक र मजदुरहरु आन्दोलित बनेका छन् । गत वर्ष माघ ५ भएको १५ बुँदे सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै चारआलीस्थित ट्यांकर इकाई कार्यालयले नेपाल आयल निगम अन्तर्गतका पम्पहरुमा ढुवानी बन्द गरेको हो ।

अघिल्लो वर्ष माघमा आयल निगमले निगम क्षेत्रभित्र मजदुरका लागि शौचालय, आराम गृह बनाइदिने, पेट्रोलियम पदार्थको बिलभौचर २ बजेभित्र डिपो तथा शाखामा उपलब्ध गराउने, कुनै पनि निर्णय कार्यान्वयन गर्दा मजदुर सहितको समिति बनाउनेलगायत सहमति गरेपनि कार्यान्वयन नगरेको मजदुरहरुको भनाइ छ ।

निगमले पेट्रोलियम पदार्थ ढुवानी विनियमावलीअनुसार ट्यांक ट्रकमा लकिङ सिस्टम लागू गरेपछि मजदुरहरुले विरोध गरेका छन् । लकिङ सिस्टम लागू गरेपछि हुने आयतन घटबढको सम्पूर्ण जिम्मा आयल निगमले लिनुपर्ने उनीहरुको माग छ ।

निगमले बुधवार झापाको चारालीमा एक औपचारिक कार्यक्रम आयोजना गरी मेची अञ्चलमा पेट्रोलियम ढुवानी गर्ने ट्रक र ट्याङ्करमा ‘लकिङ प्रणाली’को औपचारिक शुभारम्भ गरेको थियो । तर, निगमको उक्त निर्णयलाई असहयोग गर्दै झापाका ट्याङकर चालक र मजदुरहरुले ढुवानी नै ठप्प पारेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);