ट्यांकर चालकद्धारा पेट्रोलियम ढुवानीमा अबरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

ट्यांकर चालकद्धारा पेट्रोलियम ढुवानीमा अबरुद्ध

काठमाडौँ। ट्यांकर चालकहरुले बागमती प्रदेशको पेट्रोलियम ढुवानीमा अवरोध गरेका छन् । कोरोनाविरुद्धको खोप नपाएको भन्दै आइतबारदेखि आन्दोलित ट्यांकर चालकहरुले प्रदेशभर हुने आन्तरिक ढुवानी र अमलेखगञ्जबाट हुने ढुवानीमा रोक लगाएका हुन् ।

ढुवानीकर्ताको अवरोधका कारण सोमबार पनि पेट्रोलयिम पर्दाथमा रोक लगाएको आयल निगम बागमती प्रादेशिक डिपोले जानकारी दिएको छ । सरकारसंग खोपको व्यवस्था गर्न आफूहरुको तर्फबाट पहल भइरहेको बताएपनि उनिहरुले नमानेको बागमती प्रदेश डिपोले गुनासो गरेको हो ।

स्वास्थ्य मन्त्रालय, विभाग तथा सीसीएमसीमा खोपका लागि पत्राचार समेत गरिएको डिपोको भनाई रहेको छ। खोपको सुनिश्चिता नभएका कारण आन्दोलन जारी राखेको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले जनाएको छ ।

निगमले अझैसम्म पनि खोप लगाउने व्यवस्था गर्न नसकेका कारण आन्दोलन रोक्न नसकेको संघका अध्यक्ष ईश्वर लामाले जानकारी दिएका छन् । आफूले पटक पटक बागमती प्रदेशलाई खोपको माग गर्दा पनि कानबतास नलगाएको संघको भनाई रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);