अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस बिभिन्न कार्यक्रम गरी मनाइयो

अप्सरा लामिछाने
काठमाडौं, १ चैत । आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवश बिभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवस मनाईरहँदा उपभोक्ताहरु भने स्वास्थकर र गुणस्तरीय खान पाउने अधिकारबाट बञ्चित भएका छन् । सरकारले गर्ने बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताहरु मरमा परेका हुन् ।

स्वस्थ, गुणस्तरीय खाना खान पाउनु उपभोक्ताको अधिकार हो । तर, व्यवस्थित अनुगमनको अभावमा बजारमा खुलमखुला अखाद्य बस्तुको विक्रि वितरण भइरहेको छ । सरकारी तवरबाट गरीने अनुगमन औपचारिकतामा मात्र सिमित भएको छ । बजार अनुगमन प्रभावकारी हुन नसक्दा विकृति बढेको उपभोक्ताहरुको गुनासो छ ।

सरकारले बजार अनुगमन गरेपनि प्रभावकारी नुहँदा उपभोक्ता ठगिने क्रम रोकिएको छैन । आपूर्ति व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा देशभर २० हजार भन्दा बढी पटक अनुगमन गरेको र १ सय भन्दा बढी स्वास्थ्य संस्थाहरुमा सिलबन्दी गरेको जनाएको छ । तर कानुनी कठिनाइका कारण कारबाही गर्न समस्या भएको आपूर्ती व्यवस्थापन विभागको भनाइ छ ।

सरकारी अनुगमन बजारमा देखिएको असाधारण मुल्यवृद्धि र अखाद्य गुणस्तरहीन वस्तुलाई रोक्नका लागि नभएर चाडपर्व आएको जानकारी गराउनका लागि मात्र भएको उपभोक्ताको आरोप छ । उपभोक्ता सचेतना र सक्रियततामा कमी तथा केही सरकारी अधिकारीको गैह्रजिम्मेवारीपनाले उपभोक्ता ठगिदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);