भैरहवामा बजार अनुगमन तीब्र : गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई ठाउँकाेठाउँ कारबाही | ईमाउण्टेन समाचार

Our Network

फागुन ३० २०८०, बुधवार

भैरहवामा बजार अनुगमन तीब्र : गुणस्तरहीन खाद्यवस्तु बिक्री गर्नेलाई ठाउँकाेठाउँ कारबाही

बुटवल । दसैं नजिकिएसँगै भैरहवा क्षेत्रमा बजार अनुगमन तीव्र पारिएको छ । कालोबजारी र महँगी सिर्जना गरी उपभोक्ता ठग्ने कार्य बढेको गुनासो बढेपछि व्यावसायिक प्रतिष्ठान तथा खाद्य सामग्री बिक्री केन्द्र, पसलको अनुगमन थालिएकाे हाे ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख टेकराज भट्टराईको संयोजकत्वकाे टोलीले बजारका खाद्य, किराना, फलफूल, मदिरा पसलको अनुगमन गरेको हाे । व्यवसाय दर्ता भए/नभएको, पसलबाट बिक्री गरिएका खाद्य वस्तुको गुणस्तर कायम भए/नभएको, उपभोग्य मिति भए/नभएको र  बिक्री मूल्यकाे अवस्थाबारे अनुगमन भइरहेकाे भट्टराईले बताए ।

ओमसतिया गाउँपालिका-१ ठुटिपिपलस्थित चौधरी फलफूल तथा नास्ता पसललाई १० हजार जरिवाना गराइएकाे छ । एक वर्ष अघि नै म्याद सकिएका पेय पदार्थ, खाद्य वस्तु भेटिएको र व्यवसाय नवीकरण नभएको पाइएपछि कारबाही गरिएका हाे ।

बजारमा कालोबजारी हुन नदिन र उपभोक्ताको स्वस्थकर गुणस्तरीय उपभोग्य सामग्री खान पाउने अधिकार सुनिश्चित गर्न अनुगमन भइरहेकाे जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत झविलाल भट्टराई बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);