अनुगमन टोली पुग्दा व्यापारीको भगाभाग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अनुगमन टोली पुग्दा व्यापारीको भगाभाग

satu byapari

सिरहा, १९ असार । बजारमा अखाद्य बस्तुको खरिद बिक्री भइरहेको गुनासो बढेपछि घरेलु तथा साना उद्योग कार्यालय लहानले अनुगमन थालेको छ। बुधवार स्थानीय प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र सञ्चारकर्मीलगायतको टोलीले सिरहाको मिर्चैया बजार अनुगमन गरेका छन्।

बजारमा ३र४ वटा पसलको अनुगमन नसक्दै बाँकी व्यापारी आफ्नो पसलको सटर धमाधम झारेर फरार भएका छन्। अनुगमन भइरहेको खबर पुग्नेबितिकै बजारका अधिकांश किराना, औषधी, मासु र होटल व्यापारीले पसल बन्द गरेर भागे।

व्यवसाय दर्ता, नवीकरण, सरसफाई, नापतौलको ढक तराजु, म्याद गुज्रिएको खाद्य वस्तुको अनुगमन गरेका छन्। सोही अनुगमन टोलीलाई ओम शान्ति मेडिकोमा औषधि, एवन बेकरी एण्ड आइसक्रिम पार्लरमा खाद्यय वस्तु, बहुराष्ट्रिय कम्पनीको पेयपदार्थ, मसाला पाउडर र सहदेव होटलमा बियर म्याद सकिएको फेला परेका छन्। म्याद सकिएको वस्तुलाई स्थानीय प्रशासन, नगरपालिकाका प्रमुख, संचारकर्मीसहित रोहवरमा नष्ट गरिएको छ। मासु पसलबाट फेला परेका कम तौलका ढक जफत गरेका छन्।

अनुगमनका क्रममा कतिपय व्यवसाय दर्ता नभएका भेटिएको इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमल नारायण भण्डारीले बताए। त्यस्ता व्यापारीलाई कानुनी प्रक्रिया पुरा गर्न म्याद दिएको उनले बताए। बुधवार डेढ दर्जन व्यापारीको पसल अनुगमन गरिएको उनले जानकारी गराए। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);