बजार अनुगमनमा तोकिएको मूल्यभन्दा बढी र म्याद गुज्रेका सामान फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बजार अनुगमनमा तोकिएको मूल्यभन्दा बढी र म्याद गुज्रेका सामान फेला

विमल क्षेत्री
रुपन्देही, १४ चैत ।
रुपन्देहीको बुटवल बजारमा रहेको पसलहरुबाट तोकिएको मूल्यभन्दा बढी र म्याद गुज्रेका सामान बिक्रिमा राखेको पाईएको छ ।

रुपन्देहीको बुटवल बजारमा एक किलो नुनको अंकित मूल्य २० रुपैँया रहेकोमा बजारमा २५ रुपैँया सम्ममा बिक्री भइरहेको उजुरी हेलो सरकारमा परेपछि अनुगमन थालिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवा, जिल्ला प्रशासन कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिकाले बुटवलका केही पसलहरु अनुगमन गरेका छन् ।

अनुगमन टोलीका अनुसार बुटवल ५, विकास पथमा रहेको गुडवील मार्ट, राममन्दिर लाईनमा रहेको केशरी किराना, हाटबजार लाईनमा रहेको न्यू कृष्ण किरानालाई कारवाहीस्वरुप जरिवानासँगै आगामी दिनमा गैरकानुनी काम नगर्न सचेत गराइएको छ ।

व्यवसायीले मनपरी मूल्य लिने, म्याद नाघेका र गुणस्तरहीन सामग्री बिक्री गर्ने गरेको उजुरी आएकोले अनुगमनलाई निरन्तरता दिने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाका अधिकृत टेकराज भट्टराईले बताए ।

बढी मूल्य लिने, म्याद नाघेका सामान बिक्री गर्ने र मनपरी गर्ने गरेको पाएमा उजुरी गर्न आव्हान गरिएको छ । कसुरअनुसार ५ हजारदेखि ३ लाख सम्मको जरिवाना गर्न सकिने व्यवस्था कानूनमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);