संकटमा कुमाल समुदायको पेशा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

संकटमा कुमाल समुदायको पेशा

दाङ, १४ चैत । दाङ देउखुरीको गढवा बजार नजिक बसोबास गर्ने कुमाल समुदायका मानिसले वर्षौ देखि गर्दै आएको माटोको भाँडा बनाउने पेशा संकटमा परेको छ । काँचो माटोलाई आकार दिएर आगोमा पोलेर माटोको भाँडो बनाउने परम्परागत प्रविधिलाई हाल बजारमा आएका प्लाष्टिकका भाँडाहरुले विस्थापननै गर्ने स्थिति आएको छ ।

माटोको भाँडा उचित मुल्य नआउनुु, आवश्यक कच्चा पदार्थ नपाईनु, नयाँ पुस्ता पेशा प्रति आकर्षित नहुन, तथा प्लाष्टिकका भाँडा सहजै पाईनुले पेशा संकटमा परेको स्थानिय बताउँछन् ।

केहि वर्ष अघि सम्म यहाँका माटोका भाँडाहरूले जिल्लाका घोराही, तुलसीपुर, र पुरै देउखुरी क्षेत्र हुदै कैलाली कंचनपुर सम्म बजार पाउँने गर्दथे । अहिले बजार क्षेत्र पनि साँघुरिदै गएको छ ।

माटोका भाडाँ बनाउने पेशा लोप हुन थालेपछि कुमालहरुको पेसा र संस्कृति पनि संकटमा छ । माटो, दाउरा, तथा आधुनिक भट्टी बनाउन गाउँपालिकाले सहयोग गर्ने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);