माटोका भाडाकुडा बनाउने कोहार जातीको पेशा संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माटोका भाडाकुडा बनाउने कोहार जातीको पेशा संकटमा

कपिलबस्तु,२८ कार्तिक। माटोको भाडाकुडा बिक्री हुन छोडेपछि कपिलबस्तुका कोहार जातीलाई पुख्र्यौली पेशा जोगाउन संकट परेको छ । तराईमा माटोका भाडाकुडा बनाउने कोहार जातीको पुख्र्यौली पेशा प्लास्टिकका भाडाकुडाको बढ्दो प्रयोग र युवा पलायनका कारण संकटमा परेको हो ।

बढदो आधुनिकतासंगै माटोका भाँडाकुँडा प्रयोगमा कमि आएपछि उनिहरुलाई जिबिकोपार्जन गर्न समेत कठिन हुन थालेको छ । बिषेशगरी दशैं र तिहारको समयमा माटोका भाडाकुडाको माग बढी हुने गरे पनि केहि बर्ष यता बिक्री कम हुन थालेको छ ।

बजारमा आकर्षक बिद्युतीय बत्ती र प्लास्टिकका भाडाकुडा पाउन थालेपछि माटोका भाडाकुडाले बजार पाउन छाडेको हो । गाँउ–शहरका प्रत्येक घरमा पहिले तिहारकाबेला माटोको दियोमा बत्ती बालिन्थ्यो तर आज भोली निकै कम घरमा मात्र दियो बालिन्छ । त्यस्तै तिहारका बेला बढी बिक्रि हुने गरेको माटाका भाडाकुडाको व्यापार पनि आजभोली प्लास्टिकका भाडाकुडाले विस्थापित गरेको छ ।

माटोका भाडाकुडाको तुलनामा प्लास्टिकका भाडाकुडा सजिलै र सस्तोमा पाईने हुँदा उपभोक्तहरु त्यस तर्फ नै आकर्षित भएका हुन् । दसैं तिहारको समयमा पनि माटोको भाडा खरिद गर्न उपभोक्ताहरु नआएपछि कोहार जाती आफ्नो पेशा संकटमा पर्न थालेको भन्दै चिन्तित हुन थालेका छन् ।

बत्ती बाल्न प्रयोग गरिने दियो, खुत्रुके, गमला र गाग्री लगायतका सामग्रीको अहिले माग नभएको कोहार जातिको गुनासो छ । केहि समय अघिसम्म माटोको दियो लगायत भाडाकुडा बेचेर राम्रो आम्दानीसंगै जिविकोपार्जन गर्दै आएका कोहार जातीहरु अब यो पेशाले थेग्न नसकिने भएपछि चिन्तीत भएका छन् ।

तिहारमा पुजा गर्नका लागि यो माटाको भाडा कुडा प्रयोग हुने गरेको छ । यसलाई शुद्ध मानिने र लक्ष्मीले बास गर्ने बिश्वास गरी लक्ष्मी पुजाको दिन माटाको दियोमा पुजा गर्ने प्रचलन रहेको छ । नेपालमा सबैभन्दा धेरै कोहार जातीको बसोबास कपिलवस्तुमा छ । अधुनिकताको कारणले धेरैले यो पेसा छोडीसकेका छन् । सरकारले परम्परागत सिपमा ध्यान नदिँदा माटोका सामाग्री लोप हुँदै गएको तर्फ सबैको ध्यान जान आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);