यसकारण कोहार जातिको पुर्ख्यौली पेशा संकटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

यसकारण कोहार जातिको पुर्ख्यौली पेशा संकटमा

kohar jati

शम्भु माली
कपिलवस्तु, ३ कात्तिक । माटोको भाँडाकुँडा बिक्री हुन छोडेपछि कपिलबस्तुका कोहार जातिलाई पुर्ख्यौली पेशा जोगाउन गाह्रो भएको छ । बढ्दो आधुनिकतासंगै माटोका भाँडाकुडा प्रतिको आकर्षण कम हुन थालेपछि कोहार जातिको पुर्ख्यौली पेशा संकटमा परेको हो । माटोको भाँडाकुँडा बेचेर जिबिकोपार्जन गरिरहेका उनिहरुलाइ हातमुख जोर्न मुश्किल हुन थालेको छ । तिहार बाहेक अन्य समयमा माटोको दियो समेत विक्री हुन छोडेको कोहार जातिको दुखेसो छ ।

तराईमा माटाका भाँडाकुँडा बनाउने कोहार जातिलाई अहिले आफ्नो पुख्र्यौली पेशाबाट जिविकोपार्जन गर्न धौ धौ परेको छ । बजारमा बिद्युतीय बत्ती र प्लास्टिकका भाँडाकुँडा प्रति आकर्षण बढ्न थालेपछि माटोका भाँडाकुँडा बिक्रिहुन छाडेको छ । बजार पाउन छाडेपछि कपिलवस्तुका कोहार जातिको पेशा नै सकंटमा परेको छ ।

केहि समयअघिसम्म बिशेष गरी दशैं र तिहारका बेला माटोका भाँडाकुँडाको माग बढी हुने गरे पनि अहिले बिक्री हुन छाडेपछि कोहारहरु चिन्तित छन् । पहिले – पहिले गाँउ–शहरका घरघरमा तिहारका बेला माटोको दियोमा बत्ती बालिन्थ्यो तर आज भोलि दियो बाल्ने घर मुश्किलले भेटिन्छ ।

दुई तिन बर्ष अघिसम्म राम गोपाल कोहार यही पेशाले परिवारको जिविकोपार्जन गर्दै आईरहनु भएको थियो । तर विद्युतीय र प्लाष्टिकको झिलीमीली बत्ती, मैनबत्तीको प्रयोग गाउँगाउँसम्म पुगेपछि गोपाल कोहार सामू अब पुख्यौली पेशा छोड्नुको विकल्प छैन ।

३ –४ वर्ष अघिसम्म तिहारको बेला माटोका भाँडाकुँडा बेचेर २० हजार बढी आम्दानी गर्ने गरेको यो बर्ष एक हजारको पनि ब्यापार गर्न नसकेको सन्तराम कोहारको गुनासो छ ।

अहिले दियो, खुत्रुके, गाग्री, गिलास जस्ता माटाका भाँडाहरुको बजारमा निकै कम माग छ । माटोको गाग्रीमा राखिएको पानी खानु स्वास्थ्यका लागि पनि फलदायी हुन्छ । तर सस्तो र सजिलो हुने कारण प्लाष्टिकका भाँडाले माटोका भाँडालाई विस्थापन गरिरहेको छ । आधुनिकताको होडबाजीमा कोहारहरुको माटोको भाँडा बनाउने पराम्परागत पेशा लोप हुँदै जान लागेको तिलौराकोट साझेदारी वन व्यवस्थापन समिति कपिलवस्तुका अध्यक्ष जय प्रकाश पाण्डेयले बताउनु भयो ।

एकातिर विद्युतीय बत्ती तथा प्लाष्टिकका आकर्षक भाँडाकुँडाले माटोका दियो तथा भाँडाकुँडालाई विस्थापित गरिरहेको कारण यो पेशा हराउँदै जान लागेको छ । अर्को तिर नयाँ पुस्ताले पनि माटोको भाँडाकुँडा बनाउन चासो नदेखाउनाले पनि पेशा संकटमा परेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);