सारङ्गी पेशाबाट राम्रो आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सारङ्गी पेशाबाट राम्रो आम्दानी

खर्च कटाएर मासिक २५ हजारभन्दा बढी आम्दानी :

तनहुँ, १ असोज । पछिल्लो समयमा सारङ्गी बजाउने पेशाबाट राम्रो आम्दानी हुन छाडेपछि गन्दर्भहरु नै विदेश पलायन भईरहेका छन् । यसले गन्दर्भ पेशा नै संकटमा पर्ने होकी भन्ने चिन्ता छाईरहेका वेला तनहुँको गन्दर्भ समुदायले भने व्यवसायिक रुपमा सारङ्गी पेशाबाट राम्रो आम्दानी गरिरहेका छन् ।

पुर्ख्यौली पेसा त्यागेर नयाँ नयाँ कामको खोजीमा सहर र विदेश धाउने युवाको कमी छैन तर, पछिल्लो समयमा यो पेशा नै संकटमा परिरहेका वेला तनहुँ–भानु, नयाँ बस्तीको गन्धर्भ समुदायले भने सारङ्गी बनाउने पुख्यौली पेशालाई नै व्यावसायिक रुप दिएका छन् ।

यसले एकातिर सारङ्गीको संरक्षण भएको छ भने अर्काेतिर बेरोजगारीको चिन्ता हटेको छ । तनहुँ भानु–१ नयाँ बस्तीका ३५ बर्षीय दिपक गन्धर्भ एक दशक देखि पुर्ख्यौली पेशा सारङ्गी बनाउने काम व्यस्त छन् ।

उनले स्थानीय स्तरमा नै कुकाठ र काठमाडौंबाट ल्याएको बाख्राको छाला प्रयोग गरी दैनिक एउटा सारङ्गी तयार पर्छन् । उनी मात्र होइन गाउँका गन्दर्भ युवा पनि पुर्ख्यौली पेशा सारङ्गी बनाएर घरमा नै रोजगारी लिइरहेका छन् । लोप हुँदै गएको पुर्ख्यौली पेशालाई नै अंगालेर गन्दर्भ युवाले जीवनयापन गर्दै आएका छन् ।

गन्दर्भ युवाहरुले बनाएका सारङ्गीको राम्रो र बढी बज्ने भएकाले बजारमा बढी माग छ । सारङ्गी बिक्री गरेर प्रत्येक घरपरिवारको मासिक खर्च कटाएर २५ हजारभन्दा बढी आम्दानी लिर्दै आएको उनीहरुको भनाइ छ ।

भानु नयाँबस्तीका २२ घरपरिवार गन्दर्भ परिवारका १५ जनाभन्दा बढी युवाले सारङगी रोजगारीको पेशा बनाएका छन् । उनीहरुले बनाएका सारङ्गी पोखरा, चितवन र काठमाडौंमा बिक्री गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);