आधुनिक भाँडाकुँडाका कारण काठको ठेकी बनाउने पेशा सङ्कटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आधुनिक भाँडाकुँडाका कारण काठको ठेकी बनाउने पेशा सङ्कटमा

स्याङ्जा । स्याङ्जा( परम्परागत प्रविधिको प्रयोग गरेर बनाएका काठको ठेकी बनाउने पेशा सङ्कटमा परेको छ ।

स्याङ्जाका चुँदार समुदायले गर्दै आएको ठेकी बनाउने पेशा नयाँ पुस्तामा हस्तान्तरण नभएपछि सङ्कटमा परेको हो । मिहेनतअनुसार आम्दानी नहुने र बजारमा आएका आधुनिक भाँडाकुँडाका कारण ठेकीको व्यापारमा कमी आएका कारण सो पेशा सङ्कटमा पर्दै गएको छ ।

नयाँ पुस्ता ठेकी बनाउन आकपर्षत नुहुँदा पेशा सङ्कटमा परेको चापाकोटका नगरपालिका–९ स्याङ्जाका लिलबहादुर बि।कको भनाइ छ । “बाउबाजेले सिकाएको आधारमा काम सिकेर जीवन धान्ने पेशा नै ठेकी बनाउने पेशालाई बनायौँ”, उनले भने, “हाम्रा छोरा नाति छालाको लोती तानेर भाँडी घुमाउन झिजो मान्छन्, काम सिक्न मान्दैनन् ।”गाउँमा दुःखसंग बनाइने ठेकीको कामभन्दा वैदेशिक रोजगारी सहज मानेर युवा विदेशिएका कारण सीप हस्तान्तरणमा समस्या भएको हो ।

“ठेकी बिक्री गर्न गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता छ,” लिलबहादुरले भने, “परम्परागत प्रविधिको प्रयोग गरेर बनाएका ठेकीको परिश्रमअनुसारको मूल्य पाइन्न।”ठेकी बनाउनका लागि आवश्यक कटहरको काठ पर्याप्त मात्रामा नपाइने भएकाले पनि यो पेशा गर्नेलाई समस्या हुने गरेको छ ।

चापाकोटका उक्त समुदायले बनाउने ठेकीका लागि आवश्यक कटहरको काठ चापाकोटमा अचेल निकै कम मात्रामा पाइन्छ । नगरपालिका भन्दा बाहिर पाइने काठ ढुवानी गरेर चापाकोट ल्याउँदा लागत बढ्ने भएकाले ठेकी बेच्न कठिन हुने गरेको लिलबहादुरले बताए। “पहिले–पहिले जस्तो काठ ल्याउनका लागि पनि सजिलो छैन”, चापाकोटकै ठानेश्वर विकले भने, “अहिले त अर्को नगरपालिकाबाट हाम्रो नगरपालिकामा काठ ल्याउँदा कर लाग्छ ।”

एकै पटक धेरै काठ ल्याउँदा सामुदायिक वन तथा जिल्ला वन कार्यालयले बाधा सिर्जना गर्ने र थोरै थोरै गरेर काठ ल्याउँदा लागत बढ्ने गरेको उनको भनाइ छ । चापाकोटमा चुँदारा परिवारको बसोबास बाक्लै छ।तर उनीहरुमध्ये १ परिवारले मात्र ठेकी बनाउने पेशालाई अँगाल्दै आएका छन् ।

चापाकोटमा उत्पादन भएका ठेकी पहिले–पहिले पाल्पा, स्याङ्जा, गुल्मी, प्यूठान, म्याग्दी, पर्वत,रुपन्देही,नवलपरासी,तनहुँ,कास्की लगायत जिल्लामा बिक्री हुने गरेको भए पनि पछिल्लो समय ठेकीको माग घट्दै गएको छ । पुराना पुस्ताका केही व्यक्तिले ठेकीको उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् ।

अहिले कटहरको काठबाट बनेको चार मानाको ठेकी बनाउनका लागि पाच जना कालिगढलाई ४ घण्टासम्म लाग्छ । भाँडीको लोती घुमाउन चार जना आवश्यक पर्छ । एक जनालाई अरू थप काममा लगाइने गरिन्छ । बञ्चरो, भाँडी थेवे, फलाँसी, बाँक र निकानको सहयताले ठेकी बनाउँदा दुर्घटनाको जोखिम समेत उत्तिकै हुन्छ । अनलाइनका लागि

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);