प्रहरी जवानको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रहरी जवानको परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ

pakrau

मोरङ । प्रदेश नम्बर १ प्रहरी तालिम केन्द्र रानी विराटनगरमा संचालित प्रहरी जवान पदको परीक्षामा सहभागी ६ जना नक्कली परिक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भोजपुर पौवादुङ्‌मा गाउँपालिका(६ बस्ने २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने १९ वर्षीय सरोज राई, २७ वर्षीय राज कुमार राई र धनकुटा शहिदभूमि गाउँपालिका-३ बस्ने २१ वर्षीय खपाङ राई रहेका छन् ।

प्रारम्भिक अनुसन्धानको क्रममा सूर्य राईले प्रहरी जवान पदमा नयाँ भर्ना गराई दिन्छु भनि संगम राईबाट नगद १ लाख १८ हजार रपैयाँ, सागर राईबाट नगद १ लाख १८ हजार रुपैयाँ र सरोज राईबाट नगद २ लाख रुपैयाँ लिएको खुल्न आएकोले उक्त कार्यमा संलग्न ६ जनालाई १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र रानी विराटनगरले पक्राउ गरेको हो ।

उनीहरु उपर शिक्षा ऐन, २०२८ को दफा १७ को १ ९क० बमोजिम परीक्षा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);