विराटनगरमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

विराटनगरमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मोरङ। विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको ४ लाख ५१ हजार ९ सय रूपैयाँसहित एकक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका–३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।  भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ।

Leave a Reply

ताजा समाचार