स्रोत नखुलेको साढे पाँच लाख नगदसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्रोत नखुलेको साढे पाँच लाख नगदसहित एक जना पक्राउ

पर्सा। वीरगन्ज महानगरपालिका–१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रूपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–७ रामटोल बस्ने ३५ वर्षीय अनुप अग्रवाल रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २–०३–१०३ प ५१२० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक अग्रवाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);