भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई | ईमाउण्टेन समाचार

Our Network

साउन २१ २०८३, शुक्रबार

भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई

काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले भारतसँग देखिएको चिया निर्यातसम्बन्धि समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभएको छ ।
सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले चियासहित नेपाली किसानको उत्पादन निर्यातमा देखिएको सबै समस्या समाधान हुने गरी उपयुक्त विकल्प तय गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद राईले भारतसँग निर्यात ठप्प हुँदा नेपालका चिया उद्योगहरु बन्द हुने अवस्था पुगेकाले सरकारले उक्त समस्या समाधानका लागि तत्काल भारत सरकारसँग वार्ता गर्र्नुपर्ने बताउनु भयो ।

सांसद राईले किसानलाई आत्मनिर्भर बनाउने काममा सरकार गम्भिरता बन्नुपर्ने जरुरी रहेको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार