भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत मनशाय छैनः परराष्ट्रमन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभाग प्रवेश गरेको हो, यसमा अरु नियोजित एवं गलत मनशाय छैनः परराष्ट्रमन्त्री खनाल

काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टिकरण दिनुभएको छ । बुधवार संघीय संसद राष्ट्रिय सभा बैठकमा सांसदहरुले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले मौसम खराव भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गर्न पुगेको स्पष्ट पार्नुभएको हो । मन्त्री खनालले उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसाय भएको पाइएको पनि बताउनु भयो । उहाँले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको बताउनु भयो ।

मन्त्री खनालले आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी समेत गर्नुभयो । मन्त्री खनालले सरकारले भारतसँगको निर्यात व्यायारमा देखिएको समस्या समाधानका लागि निरन्तर कुटनीतिक पहल गरिरहेको दावी समेत गर्नुभयो ।

Leave a Reply

ताजा समाचार