जयसिंह धामी बेपत्ता प्रकरण र दार्चुलामा भारतीय हेलिकप्टर उडानको विषयमा कुटनीतिक पहल गर्न नेकपा एसद्धारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

जयसिंह धामी बेपत्ता प्रकरण र दार्चुलामा भारतीय हेलिकप्टर उडानको विषयमा कुटनीतिक पहल गर्न नेकपा एसद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले महाकालीमा जय सिंह धामीको बेपत्ता प्रकरण र नेपाली क्षेत्रमा भारतीय हेलिकप्टरको गस्तीका विषयमा नेपाल सरकारले पर्याप्त कुटनीतिक पहलकदमी चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

नेकपा एसले संयुक्त राष्ट्रसंघको वडापत्र, पञ्चशील र असंलग्नतामा आधारित नेपालको विदेश नीतिको अनुशरण र पारस्परिक सम्मानका आधारमा विश्वका साना ठूला सबै राष्ट्रसँग आपसी सम्बन्धको विकासमा विश्वास गर्ने बताएको छ । त्यसैले जयसिंह धामी बेपत्ता प्रकरण र दार्चुलामा भारतीय हेलिकप्टर गस्तीका विषयमा सम्बन्धित देशसँग द्विपक्षीय वार्ताको माध्यमबाट समस्याका यथाशीघ्र समाधान गर्नु पर्ने पार्र्टीको धारणा सार्वजनिक गरेको छ ।

यसमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै कुटनीतिक मर्यादा बाहिर गएर कुनै पनि संस्था एवम् व्यक्ति लक्षित नकरात्मक काम नगर्न पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

गएको साउन १५ गते जयसिंह धामी तुइन तरेर महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन खुस्काईदिए पछि धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।

त्यसैगरी पछिल्लो केही दिन यता दार्चुलामा भारतीय पक्षले विना अनुमति हेलिकप्टर उडाई रहेको र नेपाली पक्षले पत्र पठाउँदामा पनि कुने प्रतिक्रिया दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);