महाकाली तुइन प्रकरण : एसएसबीले जंगली बर्बरता देखाएको भन्दै वाइसीएलद्धारा भत्सना | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

महाकाली तुइन प्रकरण : एसएसबीले जंगली बर्बरता देखाएको भन्दै वाइसीएलद्धारा भत्सना

काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बल एसएसबीले दार्चुलामा तुइन निकाल्दा एक नेपाली महाकाली नदीमा बेपत्ता भएको घटनाबारे नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग वाइसीएलले एसएसबीको भत्सना गरेको छ।

वाइसीएलका अध्यक्ष राम प्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीले विज्ञप्ति जारी गर्दै एसएसबीको यो गतिविधिको भत्सना गरेको हो ।

शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।

जारी विज्ञप्तिमा लेखिएको छ, ‘सर्वप्रथम २१ औं शताब्दीको आधुनिक युगमा गरिएको यस प्रकारको जंगली बर्बरता र अमानवीय हर्कतको निन्दा गर्छौँ। छिमेकी मुलुकसँग समानता र स्वतन्त्रताका आधारमा भातृत्वपूर्ण सम्बन्ध स्थापित गर्नुपर्नेमा भारतीय संस्थापन पक्षले पटकपटक नेपाल र नेपाली जनतामाथि आक्रमण र ज्यादती गरिरहेको छ।’

विस्तारवादी हस्तक्षेप र अमानवीय ज्यादतीमा रोक लगाई छिमेकी मुलुक एवम् नागरिकहरूप्रति समानतापूर्ण व्यवहार गर्न भारतीय सत्तापक्ष र सम्बद्ध सबैसँग वाइसीएलले जोडदार माग गरेको छ।

गृहमन्त्री बालकृष्ण खाँणले घटनाको छानविन गर्न गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरिसकेका छन् । त्यसैगरी जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय पक्षलाई पत्र पठाउँदै छानबिन गरेर सहयोग गरी दिन आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);