राष्ट्रियसभा शुन्य समय : दार्चुला तुइन प्रकरणमा सरकारको चर्को आलोचना | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रियसभा शुन्य समय : दार्चुला तुइन प्रकरणमा सरकारको चर्को आलोचना

parit rastriya sabha

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले तुईन तर्ने क्रममा महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामीको घटनाबारे अझै पनि सत्यतथ्य बाहिर ल्याउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै सांसद दीपा गुरुङले महाकाली नदीमा बेपत्ता भएका धामीको घटनाको सत्यतथ्य बाहिर ल्याउन ढिलाई नगर्न पनि सरकारलाई सचेत गराए । उनले भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटेर महाकाली नदीमा बेपत्ता भएका धामीको घटना जघन्य अपराध भएको बताए ।

सांसद गुरुङले शहीद गोविन्द गौतमलाई गोली हानेर एसएसबीले मारेको घटना नेपाली जनताको मानसपटलमा ताजै रहेकोले यो घटनाको चाँडो सत्यतथ्य बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

उनले भने–“आज भन्दा १२ दिनअघि महाकाली नदीमा भएको तुइन दुर्घटना हामी नेपालीहरुको निम्ति भारतीय फौजबाट भएको दोश्रो जघन्य अपराध हो, शहिद गोविन्द गौतमलाई पनि गोली हानेर मृत्युशैय्यामा पुर्याएको घाउ हाम्रो मानसपटलमा ताजै छ, अहिले पनि तिनै भारतीय फौजबाट तुइन काटेर मान्छे मार्ने काम प्रत्यक्षदर्शीबाट खुलासा भएको छ । सरकारले छानबिन समिति बनाएपनि आजसम्म सत्य बाहिर आउन सकेको छैन, विगतमा भका यस्तै थुप्रै जघन्य अपराध सीमानामा भएका नेपालीहरुले मानसिक र शारीरिक भोग्दै आएका छन् र जयसिंह धामीको त आलै घाउ छ । यो गठबन्धन सरकारले सत्यतथ्यमा आधारित छिटो भन्दा छिटो घटनाको विवरण बाहिर ल्यायोस्, सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।

त्यसैगरी सांसद नैनकला ओझाले कालापानी लिपुलेक, लिम्पियाधुराको भारतद्धारा मिचिएको जमीन छिटो भन्दा छिटो फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराइन् । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले उक्त जमीन फिर्ता हुनुपर्छ भन्दै गर्दा कसको निर्देशनमा विवाद अघि सारेर सरकारले गरेका राम्रा काममा भाँजो हालेको भन्दै प्रश्न समेत गरिन् ।

अर्का सांसद प्रकाश पन्तले अपाङ्गता ऐन कार्यान्वयन गर्ने गरी आएको अपाङ्गता अधिकार सम्बन्धी नियमावलीमा आपत्ति जनाए । उनले यो नियम व्यवहारमा लागू हुने गरी पुनर्विचार र पुनर्लेखन गर्न सरकारलाई सुझाव दिए । उनले अपाङ्गता अधिकार ऐन सरोकारवालाहरुलाई बाहिर राखेर ल्याएको समेत आरोप लगाए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);