मेलम्ची र हेलम्बु क्षेत्रलाई शंकटग्रस्त क्षेत्र घोषणा गर्न शेरबहादुर तामाङले गराए सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मेलम्ची र हेलम्बु क्षेत्रलाई शंकटग्रस्त क्षेत्र घोषणा गर्न शेरबहादुर तामाङले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । बाढीले क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रलाई शंकटग्रस्त क्षेत्र घोषणा गर्न प्रतिनिधिसभाका नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद तामाङले मेलम्ची र हेलम्बुु क्षेत्रलाई शंकट ग्रस्त क्षेत्र घोषण गर्न ध्यानाकर्षण गराउँदै छिटोभन्दा छिटो राहत र पुनस्थापनाको प्याकेज ल्याउन माग गरेका छन् ।

बाढीपीडितहरुको अवस्था बभ्mन सरकार नपुगेको पनि उनले गुनासो गरेका छन् । सरकारले बाढीपीडितको अवस्था बुझ्न नखोजेको र राहतका लागि चामलको एक गेडा र एउटा पाल पनि उपलब्ध नगारएको आरोप लगाएका छन ।

नेपालमा मनसुनको सक्रियता बढेसँगै गएको असार एक गते र त्यसपछिका दिनको भारी वर्षाले मेलम्ची र इन्द्रावती नदीमा बाढी आउँदा सयौँ घरहरु डुवानमा परेका थिए भने कयौं नागरिकहरुलाई विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);