दार्चुलाको तुईन घटनाको छानविन समितिले बुझायो प्रतिवेदन, भारतीय एसएसबीको संलग्नता रहेको उल्लेख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दार्चुलाको तुईन घटनाको छानविन समितिले बुझायो प्रतिवेदन, भारतीय एसएसबीको संलग्नता रहेको उल्लेख

दार्चुला। घटना भएको एक महिनापछि दार्चुलाका जयसिंह धामीको घटनामा अनुसन्धान सकेर समितिले छानबिन प्रतिवेदन बुझाएको छ ।

समितिले बुझाएको प्रतिवेदनमा जयसिंह धामीको बेपत्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता रहेको देखिएको छ । समितिले एसएसबी माथि छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्ने सुझाव समेत दिएको छ । दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यद्यपि, भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ ।

एसएसबीले तुइन नकाटेको दाबी गरे पनि प्रत्यक्षदर्शीहरुले भने तुहिन काटिएको बयान सरकारले गठन गरेको छानबिन समितिलाई दिएका छन् । कल्याण धामी, विक्रम सकेनी र अनिता धामी घटनाको प्रत्यक्ष साक्षी थिए । समितिले मंगलबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका थिए ।

सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्य छानबिन टोली गठन गरेको थियो । प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);