उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आजबाट उठ्न थाल्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आजबाट उठ्न थाल्यो

काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आजबाट उठ्न सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको मंगलबारको बैठकले फोहोर उठाउने निर्णय गरेसँगै फोहोर उठान सुरु गरिएको हो ।

करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका डंगुर छन् ।

फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको महानगर पालिकाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);