सिसडोलवासीको विरोधपछि काठमाडौंको फोहोर उठ्न सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

सिसडोलवासीको विरोधपछि काठमाडौंको फोहोर उठ्न सकेन

काठमाडौं । सिसडोल ओखरपौवाका स्थानीयले विरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ । २ वर्षका लागि मात्रै काठमाडौंको फोहोर बिसर्जन गर्ने भनिएको सिसडोलमा १४ वर्ष पुगिसक्दा समेत फोहोर फालिँदै आएपछि त्यहाँका स्थानीयले यसको विरोध गरेका हुन् ।

स्थानीयको विरोधपछि अहिले काठमाडौंको फोहोर केही समय यता उठ्न सकेको छैन । सरकारले मानव बस्तीको बीचमा फालिएको फोहोरको उचित व्यवस्थापनमा लापरबाही गरेको स्थानीयहरुको गुनासो छ । स्थानीय परशुराम अर्यालका अनुसार ओखरपौवामा १४ वर्षसम्म फालिएको फोहोर व्यवस्थापन गर्न नसक्दा ठूला समस्याहरु देखा पर्न थालेका छन् ।

फोहोरको पानी चुहिएर खोलामा जाने र त्यही पानी गाईवस्तुलाई खुवाउनु र बालीनालीमा लगाउनु पर्ने बाध्यताले विभिन्न रोगहरु पैदा भइरहेको स्थानीयवासी अर्यालले बताए । फोहोरका कारण मानव बस्ती प्रभावित भइरहेकोले सरकारले त्यहाँको उचित व्यवस्थापन गरिदिनुपर्ने उनको भनाई छ ।

अर्यालले सरकारले जग्गा अधिकरण गरेर बस्ती हटाउने वा त्यहाँको फोहोर व्यवस्थापन गर्ने र अब बञ्चरे डाँडामा फोहोर लग्ने व्यवस्था नमिलाए निकट भविष्यमै ठूलो दुर्घटना निम्तिने बताए । काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले सिसडोलमा फोहोर फाल्न अब नसकिने भन्दै सबै निकायले छिटो भन्दा छिटो आफ्नो काम गरेर बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न सक्ने व्यवस्था मिलाउनु पर्ने बताए ।

उनले कोभिड–१९ का कारण केही समस्याहरु आइरहेको बताउँदै सबै राज्य संयन्त्र मिलेर काम अघि बढाउनुको विकल्प नरहेको बताए । प्रमुख श्रेष्ठले सिसडोलका स्थानीयको मागलाई सम्बोधन गर्ने गरी काम अघि बढाइने पनि स्पष्ट पारे । सिसडोड ल्याण्डफिल्ड साइटका इञ्चार्ज सरकारदीप श्रेष्ठले बाटोभन्दा माथि फोहोर व्यवस्थापन गर्नुपरेकोले समस्या आइरहेको बताए ।

उनले हरेक दिन डेढ सय गाडी फोहोर व्यवस्थापन गर्नुपर्नेमा अहिले कहिले १००, कहिले डेढ सय, कहिले ५० गाडी मात्र फोहोर व्यवस्थापन गर्न सकिएको जानकारी गराए । इञ्चार्ज श्रेष्ठले काठमाडौंवासीले केही समय घरमै कुहिने÷ नकुहिने फोहोर छुट्याएर राख्ने र कुहिने फोहोरलाई मात्र बाहिर निकालेर नकुहिने फोहोरलाई घरमै व्यवस्थापन गर्न र सडकमा जथाभावी फोहोर नफालिदिन पनि आग्रह गरे ।

इञ्चार्ज श्रेष्ठले वर्षात्को समयमा फोहोर आइरहे पनि कम मात्रै व्यवस्थापन गर्न सकिएको जानकारी दिए । उनले ल्याण्डफिल्ड साइट जहाँ र जहिल्यै पनि बाटो भन्दा मुनि हुनुपर्ने तर नेपालमा फोहोर भन्दा माथि नै बाटो बनाएर ८०–१०० मिटरको हाइटसम्म लगेर फोहोर व्यवस्थापन गर्न परिरहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);