इटहरीका विद्यालयद्धारा अनलाइन कक्षाको नाममा मोटो रकम असुल्दै, नियमन निकाय मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इटहरीका विद्यालयद्धारा अनलाइन कक्षाको नाममा मोटो रकम असुल्दै, नियमन निकाय मौन

बिनोद आचार्य,
सुनसरी । सुनसरीको इटहरीमा रहेका निजी तथा सामुर्दायीक विद्यालयले अनलाइन कक्षा संचालनका नाममा मोटो रकम असुली गर्ने गरेको अभिभावकले गुनासो गरेको छन् ।

अनलाईन कक्षा संचालनका क्रम्ममा नियमीत उपस्थिती समेत नहुने र बिभिन्न बहाना गरी रमक लिने गरेको उनीहरुको गुनासो रहेको छ । कोरोना महामारीको सङ्कटबीच अनलाइन कक्षा संचालनका नाममा इटहरीका निजी विद्यालयद्वारा मोटो रकम असुली गर्ने गरेको अभिभाबकले गुनासो गरेको छन् ।

शिक्षक शिक्षिकाहरु समयमा कक्षामा सहभागी नहुने सहभागी हुदा समेत बिभिन्न बहान गर्ने गरेको अभिभाबकको गुनासो आउने गरेको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरले गर्दा वैशाख र जेठ महिनामा विद्यालयद्वारा अनलाइन कक्षा समेत बन्द भएको महिनाको समेत शुल्क लिएको अभिभावकहरु बताउछन् । साथै अनलाइन कक्षा सञ्चालन नगर्ने बिद्यालयले पनि विभिन्न बाहानामा पैसा असुली गर्ने विद्यालयहरु पनी कमि नरहेको अभिभाबकहरु बताउछन् ।

कक्षा सञ्चालन गर्दा शिक्षण गराउने शिक्षक र सिक्ने विद्यार्थीको लागी अनिवार्य घरमा स्मार्ट फोन र इन्टरनेट नभएको कारण धेरै बिद्यार्थी शिक्षाको पहुज भन्दा बाहिर रहेको बिद्याथी संगठनका नेताहरुले बताउने गरेका छन् ।

पछिलो समय शुल्क बढी लिने गरेको गुनासो आएको र यस बिषयमा सर्बै विद्यार्थी संगठन मिली यसको बिरोध गर्ने इटहरीस्थित जनता बहुमुखी क्याम्पसका नेपाल बिद्यार्थी संघका सभापती सहदेब काफ्लेले बताए ।

यता नगर इटहरी उपमहानगरको शिक्षा शाखामा भने दोब्बर शुल्कको बिषयमा गुनासो आउन थालेको जनाइएको छ । सबै बिद्यालयले कक्षा संचालन गर्नुपर्ने भए पनि केहीले मात्र गरेको र संचालन भएका बिद्यालयले पनि बढी शुल्कको विषयमा नगर शिक्षा समितिमा छलफल गरी छिटै निणर्य शिक्षा अधिकृतले जानकारी दिए ।

माहामारीको फाइदा उठाउदै अनलाइन शिक्षाको नाममा दोब्बर शुल्क उठाउने त्यस्ता बिद्यालयलाई कारबाही गर्न गम्भीर हुन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);