सिद्धार्थ राजमार्ग अझै खुलेन, सयौं यात्रु तथा सवारी साधन बाटोमै अलपत्र (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिद्धार्थ राजमार्ग अझै खुलेन, सयौं यात्रु तथा सवारी साधन बाटोमै अलपत्र (फोटो फिचर)

प्रकाश नेपाल,
पाल्पा ।
शनिवार राती देखी बन्द भएको सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड अझै खुलेको छैन । तीन दिन देखी परेको अविरल बर्षाको कारण तानसेन बुटवल सडक खण्डमा दर्जनौ पहिरो खसी सडक अवरुद्ध भएको थियो । डिभिजन सडक कार्यालय पाल्पाले राजमार्ग क्षेत्रका केही पहिरो पन्छाएपनि ठुला ठुला पहिरो भने पन्छाउन सकेको छैन ।

तानसेन नगरपालिका वडा नंं ८ तल्लो डुम्रेमा पहाड सहित खसेको पहिरो पन्छाउन डिभिजन सडक कार्यालय पाल्पा लाई कठिन भएको छ । डाडै सहित पहिरो खसेपछी कार्यालय आईतवार दिउसो देखी पन्छाउने प्रयास गरेपनि ठुलो पहिरो भएको र दलदले पहिरो भएकोले हटाउन कठिन भएको छ । तल्लो डुम्रेमा पहाड सहितको पहिरोले देव बहादुर सारुको दुई तले घर सहित अन्य तिन घरमा क्षती पुर्याएको छ ।

सडक पन्छाउन डिभिजन सडक कार्यालय पाल्पाले स्काभेटर, डोजर र लोडर परिचालन गरेको डिभिजन सडक कार्यालय पाल्पाका ईन्जिनियर रामप्यारी चौधरीले बताए । उनले भने, ‘निरन्तर बर्षाको कारण पहिरो पन्छाउन कठिनाई भै रहेको छ । काम गरिरहेका छौ । अझै समय लाग्ने देखिएको छ ।’

पहिरोले सो क्षेत्रमा विधुत पोलहरु बगाएउदा अन्धकारमय भएको छ । सडक खुलाउने प्रयास निरन्तर जारी रहेको प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए । ‘पहिरोले दुई दिन देखी राजमार्ग अवरुद्ध हुदा हजारौ यात्रुहरु बाटोमै अलपत्र परेका छन । खाधान्य, दुध तरकारी बोकेका सयौ सवारी साधन बाटोमै रोकिएका छन् । हामी निरन्तर बाटो खुलाउने लागेका छौं ।’ पाण्डेले भने ।

राजमार्गको तानसेन बुटवल सडक खण्डको अधिकाश भुभाग चुरे क्षेत्र भएकोले यस बर्ष मात्र दुई दर्जन क्षेत्रमा पहिरो झरेको छ भने पाँच स्थानमा सडक भासिएको छ । राजमार्ग क्षेत्रमा बाढी पहिरोमा परी एक महिनाको अवधीमा ५ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);