अनलाइन कक्षा बाहनामा शुल्क असुल्दै निजी विद्यालय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अनलाइन कक्षा बाहनामा शुल्क असुल्दै निजी विद्यालय

प्रमिला भण्डारी
काठमाडौ, १८ जेठ । यतिबेला शैक्षिक संस्थाहरु बन्द छन् । चैत्र पहिलो सातादेखि शिक्षण संस्था बन्द भएका हुन् । विद्यालय बन्द हुँदा देशभर लाखौ विद्यार्थी विद्यालय जान पाएका छैनन् । सरकारको दूरदर्शी नीति र योजनाको अभावमा लाखौ विद्यार्थीको शैक्षिक भविष्य समेत अनिश्चित बन्दै छ ।

यसैमा पनि निजी विद्यालय संचालकले अनलाइन कक्षा संचालन गर्ने भन्दै अभिभावकलाई डाम्न थालेका छन् । सरकारले विद्यालयहरुले चैत्र महिनाको शुल्क लिन नपाउने निर्णय गरेको छ । तर निजि विद्यालयहरुले शुल्क उठाउदै आएको छन् ।

निजी विद्यालय संचालकले सरकारको निर्णयको अवज्ञा गर्दै चैत्र महिनाको शुल्क असुलेका छन् । यसको उदाहरण राजधानीको बालुवाटारस्थित जोन डिबे स्कुलले शुल्क असुलेको खबर बाहिर आएको छ ।

यद्यपी लकडाउनका बेला पनि शिक्षक कर्मचारीको तलब भत्ता व्यवस्थापन गर्नुपर्ने बाध्यता भएकोले निजी विद्यालय संचालकहरुले बताएका छन् ।

मलुकभर ३४ हजार बढी विद्यालय रहेका छन् । ती विद्यालयमा ७२ लाख विद्यार्थीले अध्ययन गर्दै आएका छन् । कोरोनाको कारण लाखौ विद्यार्थीको शैक्षिक भविष्य अन्यौलमा छ ।

लकडाउनका कारण भन्दै निजी विद्यालयहरुले विभिन्न बाहनामा शुल्क उठाइरहेका छन् । अनलाईन कक्षा सञ्चालनको नाममा अभिभावकबाट पैसा असुली गरिरहेका छन् । यद्यपी विद्यार्थी संगठनहरुले निजी विद्यालयले शुल्क उठाउनु गलत भएको बताउदै आएका छन् । अनलाइन कक्षाका बाहनामा शुल्क उठाउनु गलत भएको उनीहरुको प्रतिक्रिया छ ।

संस्थागत विद्यालय संचालन सम्बन्धी मापदण्ड सरकारले व्यवस्था गरेको छ । मापदण्ड तोकिएपनि निजी विद्यालय संचालकहरुले मनपरि शुल्क उठाइरहेका छन् । लकडाउनको बाहनामा शुल्क उठाउन थालिएको छ । यसर्थ सरकारले निजी विद्यालयको कडा अनुगमन गरि व्यवस्थित बनाउन अब ढिला गर्नुहुदैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);