अबको केही दिनमा फोहोर व्यवस्थापन गरिने छ : विद्यासुन्दर शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अबको केही दिनमा फोहोर व्यवस्थापन गरिने छ : विद्यासुन्दर शाक्य

काठमाडौं । केही समय यता काठमाडौं उपत्यकाको फोहोर सडकमा थुप्रिरहेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा फोहोरको डंगुर देख्न सकिन्छ । सधैँ फोहोर व्यवस्थापन भइरहेको सिसडोल ओखरपौवाका बासिन्दाले मानव बस्तीमा फोहोर फालेर सरकारले त्यसको उचित व्यवस्थापन नगरेको र त्यसले समाजमा विभिन्न समस्या पैदा भइरहेको भन्दै विरोध जनाएपछि काठमाडौं उपत्यकाका सडक सडकमा फोहोरको थुप्रो देखिन थालेको हो ।

फोहोर उठ्न नसक्नुको अर्को कारण भनेको सिसडोल जाने मोटरबाटो बन्न नसक्नु रहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । उनले वर्षायाममा अझ विशेष गरेर यस वर्ष धेरै पानी परेकोले बाटो हिलाम्मे भएको र फोहोरका गाडीहरु जानै नसक्ने अवस्थाले फोहोर थुप्रिएको बताए ।

मेयर शाक्यका अनुसार आजको प्रधानमन्त्रीसँगको भेटघाटपछि प्रधानमन्त्रीले तत्काल सडक विभागलाई बाटो अस्थायी रुपमा भएपनि निर्माण गरिदिन निर्देशन दिएको र अबको केही दिनमै फोहोर व्यवस्थापन गरिने बताए । मेयर शाक्यले यो समस्या सबैको भएकोले कसैलाई दोष नदिने बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरे उपत्यकाको फोहोर व्यवस्थापन गर्न समय नलाग्ने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);