पार्टीमा कार्यकारी पदमा नबस्ने झलनाथ खनालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पार्टीमा कार्यकारी पदमा नबस्ने झलनाथ खनालको घोषणा

काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आफू पार्टीको कुनै कार्यकारी पदमा नबस्ने घोषणा गरका छन् । दुई महिनाभन्दा लामो समयमा भारतमा उपचार गराएर फर्केका नेता खनालले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू ७० वर्ष कटिसकेकाले पार्टीको कुनै कार्यकारी पदमा नबस्ने बताएका हुन् ।

उनले आफूले कुनै कार्यकारी पद माग्ने नैतिक अधिकार नभएको बताए । उनले भने–‘म सँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकारी छैन ।७० वर्ष पुगिसकेको छु। ’ त्यसैगरी नेता खनालले आफ्नो जीवनको नाफाको भएको बताए । ‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ’ नेता खनालले भने ।

साथै नेता खनालले कम्युनिष्ट आन्दोलन फुट र विभाजनमा जान नसक्ने बताएका छन् । अध्यक्ष केपी ओलीको पार्टी गुट र अहंकार व्यक्तिवादको प्रतीक बनाएकाले आफूहरुले विद्रोह गर्नु परेको उनको तर्क छ । उनले विद्रोह फुट नभएको बताए । ‘विद्रोह फुट होइन । यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ । अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’उनले भने ।

गत असार २ मा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो । एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);