पार्टी एकतामा खिया लाग्यो : झलनाथ खनाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पार्टी एकतामा खिया लाग्यो : झलनाथ खनाल (भिडियोसहित)

jhalnath khanal

काठमाडौं, १९ असोज । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकतामा खिया लागेको बताएका छन् । यतिमात्र नभइ नेता खनालले नेपाल कम्युनिष्ट पार्टीको टाउको मात्र भएको तर शरीर नभएको टिप्पणी गरेका छन्।

माउन्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुरा गर्दै उनले अब पार्टीको बैठक बसेर नेताहरुको काम र जिम्मेवारी बाँडफाँड गर्नुपर्ने बताए । उनले पार्टी एकताको चार महिनासम्म कुनै जिम्मेवारी हेरफेर नहुनु नेतृत्वको कमजोरी रहेको बताए । नेता खनालले नेताहरुमा विदेश मोह बढेकाले पनि पार्टीले गति लिन नसकेको बताए ।

बरिष्ठ नेता खनालले अर्का नेता माधव नेपालको रवैयाको पनि आलोचना गरेका छन् । उनले नेताहरुले कहाँ  के वोल्ने भन्ने कुरा हेक्का राख्नु पर्ने बताए ।

थप जानकारीका लागि भिडिको हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);