चिनीको मूल्य ६३ रुपैयाँ कायम गर्न सकिदैन : उद्योगमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चिनीको मूल्य ६३ रुपैयाँ कायम गर्न सकिदैन : उद्योगमन्त्री

matrika yadav

काठमाडौं, १९ असोज । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री मात्रीका यादवले तत्काल चिनीको खुद्रा मूल्य प्रतिकेजी ६३ रुपैया कायम गर्न नसक्ने बताएका छन् ।

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले बिहिवार सार्वजनिक लेखा समितीले चीनिको मूल्य ६३ रुपैया कायम गर्न दिएको निर्देशन पुरा गर्न नसक्ने बताए । । उनले यस बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग छलफल गरेर अघि बढ्ने उल्लेख गरे।

मन्त्री यादवले लेखा समितिले चिनिको मूल्य बढाउन १ अर्व ६९ करोडको चलखेल भएको आरोप सत्य नभएको दाबी गरे । उनले आरोपबारे छानबिन गर्न सभामुख कृष्ण बहादुर महरासमक्ष अनुरोध गरिएको बताए ।

मन्त्री यादवले बजारमा भइरहेको मुल्य वृद्धिलाई नियन्त्रण गर्न सरकारले अनुगमन गरीरहेकोे समेत बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);