तोकिएको भन्दा बढी मूल्य तिरेर चिनी किन्न सर्वसाधारण बाध्य, कालोबजारी हुंदा पनि सरकार अझै मौन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

तोकिएको भन्दा बढी मूल्य तिरेर चिनी किन्न सर्वसाधारण बाध्य, कालोबजारी हुंदा पनि सरकार अझै मौन

chini

तेजना पण्डित, काठमाडौं, १९ कात्तिक । चिनीमा तोकिएको मुल्य व्यावहारीक रुपमा लागू गर्न सरकार असफल भएको छ । तोकिएको भन्दा बढी मूल्यमा बजारमा चिनीको खरिद विक्री भइरहंदा पनि सरकारले नियन्त्रणमा ल्याउन सकेको देखिंदैन । बजारमा प्रतिकेजी चिनी ७५ रुपैयाँ भन्दा बढीमा किन्न उपभोक्ता बाध्य छन ।

हम्रो देशमा चिनीको २ लाख ३० हजार मेटिे«कटन आवश्यकता रहेको छ । नेपाली उत्पादन एक लाख ७५ हजार मेिट्रक टन हुने गरेको छ । तर प्रत्यक बर्ष नेपालमा २ लाख ३५ हजार मेट्रिकटनको हाराहारीमा चिनी आयात हुने गरेको छ । आवश्यकता र आयातको स्थितिलाई हेर्दा नेपालमा आवश्यक्ता भन्दा बढी चिनीको आयात हुने गरेको देखिन्छ ।

स्वदेशी उत्पादनलाइ प्रोत्साहन गर्न भन्दै सरकारले बाह्य देशवाट हुने चिनी आयातलाइ रोक लगाउँदै दशै अगाडी चिनीको मुुल्य प्रतिकेजी ७० रुपैया कायम ग¥यो । बजारमा ५८ देखि ६० रुपैंयामा प्रतिकेजी चिनी पाइरहंदा सरकारले ७० रुपैंया मूल्य तोकेपछि त्यसको चौतर्फीै विरोध भयो । तै पनि सरकारले मूल्य घटाएको छैन । संसदको सार्वजनिक लेखा समितिले ६३ रुपैया प्रतिकेजी मुल्य कायम गर्न सरकारलाई निर्देशन दियो ।

उपभोक्ताको विरोध र संसदीय समितिको निर्देशन हुंदा पनि चिनीको मूल्य घटाइएको छैन उद्योग बाणिज्य तथा आपु्र्ति मन्त्री मात्रिका यादवले त असोज २४ गते पत्रकार संमेलन गरी तत्काल चिनीको मुल्य घटाउन नसकिने नै बताउनु भयो । परिणाम, अहिले बजारमा चिनीको मुल्य प्रतिकेजी ७५ दखी ९० रुपैंया तिन उपभोक्ता बाध्य छन ।

खुद्रा व्यापारीहरु होलसेलमा ६८ रुपैया प्रतिकेजी तिर्नु परेकोले खुद्रा मुल्य ७५ मा बेचिरहेको बताउछन् । उनीहरु ६८ रुपैया प्रतिकेजी किनेर ७० मा बेच्न नसकिने दावी गर्दछन् ।

व्यापारी र सरकारको मिलोमतोमा चिनीको मुल्यमा एक रुपता आउन नसकेको स्पष्ट देखिन्छ । उपभोक्ता अधिकारकर्मि आफुहरुले पटक पटक प्रयास गर्दापनी उपभोक्ताको अधिकार सुरक्षित गर्न नसकेको निरीहता प्रकट गर्दछन् ।

सरकार आफैले तोकेको भन्दा बढी मुुल्य राखेर व्यापारीहरुले खुलेआम चिनीको बिक्री गर्दापनी सरकार आखाँ चिम्लेर बसेको छ । तिहारमा मिठाईको लागि चिनीको खपत बढी हुन्छ । यस्तो बेलामा बजारमा चिनी लगायतका तिहारमा बढी किनबेच हुने वस्तुमा कालोबजारी हुंदा पनि सरकार मौन छ ।

यस्तो बेला अनुगमन नगरिनुलाई पक्कै राम्रो मान्न सकिन्न । कालोबजारीलाई खेलेआम छोडरे जनताको ढाड सेक्ने यो सरकारप्रति अहिले आम उपभोक्ताको विश्वास घटदो छ, अविश्वास बढिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);