भारतले नेपाली चियालाई आफ्नो ब्राण्ड बनाएकोमा यसलाई रोक्न ब्यवसायीहरुको माग | ईमाउण्टेन समाचार

Our Network

असोज २९ २०८३, शुक्रबार

भारतले नेपाली चियालाई आफ्नो ब्राण्ड बनाएकोमा यसलाई रोक्न ब्यवसायीहरुको माग

chiya

काठमाडौं, १९ कात्तिक । व्यवसायीहरुले चियाको अन्तराष्ट्रिय बजार प्रवद्र्धनमा जोड दिन सरकारसँग आग्रह गरेका छन ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा ब्यवसायीहरुले नेपालमा उत्पादित चियालाई अन्तराष्ट्रिय बजारमा लैजान सरकारले पहल गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा चिया उद्योगी तथा नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष सतिसकुमार मोरले नेपाली चियालाई भारतले ब्रान्ड बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात् गर्ने गरेको भन्दै त्यसलाई रोक्न सरकार लाग्नु पर्ने बताएका छन् । मोरले नेपालको समृद्धिमा चियाको निर्यात्ले उल्लेख्य योगदान दिन सक्ने भन्दै यसको विकासका लागि सरकारसँग सहकार्य गरेर अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

परिसंघले नेपाली चियाको उत्पादन बढाउन श्रम सम्बन्धि कानुनलाई लचिलो बनाउन पनि सरकारसँग आग्रह गर्दै आएको छ । चिया नेपालबाट ठुलो मात्रामा निर्यात हुने भएकोले यसको विकासमा सरकारले उचित लगानी गर्न नसकेको व्यवसायीहरुको गुनासो छ ।

ताजा समाचार