लोप हुँदै कोदो र मादुरो खेती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

लोप हुँदै कोदो र मादुरो खेती

kodo kheti lop hudai

प्रेम भाट
बैतडी, १९ कात्तिक
। सुदुरपश्चिमका जिल्लामा मुख्य अन्न बालीको रुपमा रहेको कोदो र मादुरो लोप हुँदै,युवाहरु बिदेशिन थालेपछि खेती गर्न छोडियो,कोदो र मादुरोको महत्व नबुझ्दा वाली नै संकटमा ।

कुनै समय सुदुरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, दार्चुला, डोटी, बझाङ र बाजुरा लगायतका उच्च पहाडी तथा हिमाली भेगमा प्रसस्त मात्रामा कोदो र मादुरोको खेती गरीन्थ्यो । तर अहिले कोदो र मादुरो खेती अहिले लोप हुने अवस्थामा पुगेको छ ।

वैतडीका अधिकासं किसानहरुले बारीमा कोदो, मादुरो, जहुँ, काउनो गहुँ प्रजातिका अन्नहरु लगाउँथे । यस्ता अन्न पौष्टिक तत्वको रुपले पनि महत्वपुर्ण मानिन्छन् । तर पछिल्लो समय गाउँमा युवाहरुको अभाव र खेतीपाती समेत कम हुदै गएपछि कोदो र मादुरोको पक्कड क्षेत्र रहेको सुदुरपश्चीमका पहाडी जिल्लाहरुमा यी बालीहरु लोप भएका हुन् । नव पुस्तामा कोदो र मादुरोको महत्व समेत जानकारी नरहेको स्थानीयको भनाई छ ।

धान मकै जस्तो कोदो मादुरो जौ खेतीबाट फाइदा नपुग्ने भएकाले आकर्षण हराउँदै गएको किसानहरुको बुझाई छ । पछिल्लो समय गाँउघरमा गाई,भैसी जस्ता पशुपालन कम भएकाले उब्जाउमुलक खेती कम भएको हो । मादुरो, कोदो र जउँ जस्ता अन्नबाट बन्ने अधिकासं परिकारहरु घिउ, मोही तथा दुग्धजन्य पदार्थबाट मात्रै संभव हुने भएकाले एउटाको अभावमा अर्काे उत्पादनको पनि अभाव हुने गरेको छ ।

वैतडीको तत्लो स्वराड क्षेत्रमा पर्ने शिवनाथ र पञ्चेश्वर गाँउपालिकामा अहिले कहीँकतै मात्र यस्ता अन्नको खेती हुने गरेको छ । एउटा त यी अन्नबाट पाईने पौष्टिक तत्वको बारेमा किसानहरुलाई जानकारी नभएकाले यो खेती लोप भएको कतिपयको बुझाई छ । त्यसैले परम्परागत बालीहरुको महत्वको बारेमा जानकारी गराई यी बालीहरुलाई व्यवस्थित तरिकाले उत्पादन, बजारीकरण र यसबाट बन्ने विभिन्न परिकारहरुको बारेमा जानकारी गराई यस्ता बालीहरुलाई संरक्षण गर्न जरुरी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);