कोदाको उत्पादन बढाउन किसानलाई अनुदान दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कोदाको उत्पादन बढाउन किसानलाई अनुदान दिने

बाग्लुङ,२५ कार्तिक। कोदाको उत्पादन बढाउन बाग्लुङको ढोरपाटन नगरपालिकाले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको छ । पछिल्लो समय नेपालको परम्परागत अन्न कोदोको ठाउँमा अन्य खेतीपाती गर्दा उत्पादन कम हुन थालेपछि नगरपालीकाले यो कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले बालीको संरक्षण र उत्पादनबृद्धि गर्ने निति अनुसार कोदो खेती गर्नेहरूका लागि अनुदान कार्यक्रम ल्याएको हो । विगतमा गरिब र निम्न वर्गकाले खाने मान्यता रहेको कोदोको ढिडो यतिबेला शहरमा पनि निकै खपत हुन लागेको छ ।

स्वास्थ्यका दृष्टीकोणले निकै फाइदाजनक हुने पुष्टि भएर कोदोको माग बढेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाले कोदो संरक्षणको निति ल्याएको छ । राजधानीका तारे होटल देखि सानोतिनो होटलमा समेत ढिडो खानेहरूको संख्या बढेर गाउँमा कोदोको अभाव हुनथालेकोले किसानलाई अनुदान दिएर खेती गर्न प्रोत्साहन गरेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

राजधानी लगायतका ठाउँमा अत्यधिक मात्रामा कोदोको ढिडो र गुन्द्रुकको माग भएपछि त्यसलाई सम्बोधन गर्न नगरपालिकाले गत बर्षमा कोदो फलाउने कृषककालागि प्रोत्साहन गर्न गत बर्ष १५ लाख रूपैयाँ अनुदान प्रदान गरेको थियो । यस बर्ष पनि १५ लाख बजेट छुट्टयाइएको छ । बाग्लुङ अत्यधिक कोदो खेती हुने जिल्लामा पर्छ ।

किसानलाई पुन कोदो खेती तर्फ आकर्षित गर्न नगरपालिका कै तर्फबाट अनुदान दिने कार्यक्रम बनाएपछि गाउँमा कोदो खेती गर्न किसानलाई हौसला मिलेको छ । यो वर्ष मौसमले साथ दिएपछि जिल्ला भर कोदो उत्पादन राम्रो हुने किसानहरुको विश्वास छ ।

अहिले गाउँका युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन भएपछि गाउँ घरमा खेतीपाती गर्ने जनशक्ति नै कम हुदै गइरहेको छ । साथै कोदो, गहुँ भन्दा तरकारी फलफूल खेतीमा आम्दानी बढी हुने कारण पनि कृषकले कोदो खेती गर्न छोड्दै गएका छन् । नगरपालिकाको यस अभियानलाई राष्ट्रिय कार्यक्रम नै बनाउन सक्यो भने अवश्य पनि धेरै भन्दा धेरै कोदो उत्पादन गर्न सक्ने देखिन्छ ।

अहिले राजधानी लगायत देशभर कोदो तथा गहुँको ढिडाको माग निकै छ । व्यबसायीक रूपमै ढिडोको ब्यापार गर्न थाले पछि कोदोको माग बढ्दै जान थालेको छ । अहिले जिल्ला सदरमुकामसंगै राजधानीबाट माग बढेपछि थोरै थारै उत्पादन गर्ने किसानले पनि यतिबेला कोदोको राम्रो मुल्य पाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);