सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने

काठमाडौं,२५ कार्तिक । नेपालमा मलको चरम अभाव भएपछि सरकारले सापटी स्वरुप बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल ल्याउने तयारी गरेको थियो । मौखिक सहमति भएपनि समझदारीपत्रमा हस्ताक्षर हुन नसकेपछि सरकारले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको हो । सापटी स्वरुप बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल ल्याउन नसकेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

कोरोनाको बहाना पाएको सरकारले धान भित्र्यदै गरेको बेला खरिद प्रकियामै अल्झिएर बस्नु सरकारको ठूलो कमजोरी भएको राष्ट्रिय कृषक समूह महासंघका निर्वतमान अध्यक्ष उद्घव अधिकारीले बताउनु भयो ।

गत वर्ष जस्तै यस वर्षपनि मलको हाहाकार उतिकै छ । मलका लागि वर्षेनी अर्बाै बजेट विनियोजन हुन्छ तर, कृषकका हातमा मल पुग्दैन । किसानका व्यथा जस्ताको त्यस्तै छन् । औपचारिक र अनौपचारिक गरी नेपालमा वार्षिक करिब १३ अर्ब मूल्य बराबरको मल आयात हुने गरेको छ । नेपालमा वार्षिक माग करिब ७ लाख टन हो ।

बङ्गलादेशबाट खरिद गर्ने भनिएको मल नेपाल आउन अझै केही समय लाग्ने नै छ । इमाउन्टेनसँग कुरा गर्दै कृषि तथा पशुपक्षीं विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले दुई देश बीच समझदारी पत्रमा हस्ताक्षर भएपछि मात्र खरिद प्रकिया अघि बढ्ने अनि सबै मल आइपुग्न डेढ दुइ महिना लाग्ने बताउनु भयो ।

यस वर्ष सरकारले ६ लाख मेट्रिक टन धान उत्पादन गर्ने प्रक्षेपण गरेको थियो । मनसुनले कृषकलाई साथ दिएपनि सरकारी अलमलकै कारण बेलैमा कृषकले मल पाएनन् । समयमै मल नपाउँदा यस वर्षको धान उत्पादन हुनु पर्ने जति नहुने निश्चित छ ।

किसानलाई समयमै मल उपलब्ध गराउन दिर्घकालिन योजना र प्रभावकारी कार्यन्वयन हुन सकेमात्र कोरोनाले थलिएको कृषि अर्थतन्त्रमा केहि सुधार आउन सक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);