नेपाल आइपुग्यो बंगलादेशसँग खरिद गरेको युरिया मल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल आइपुग्यो बंगलादेशसँग खरिद गरेको युरिया मल

नितेश कर्ण,
पर्सा । नेपाल सरकारले बंगलादेशसँग खरिद गरेको युरिया मल नेपाल आइपुगेको छ । बंगलादेशसँग खरिद गरिएको ५० हजार मेट्रिक टन मध्ये ३२ हजार ५ सय मेट्रिक टन र जोसिविचबाट खरिद गरिएको ३० हजार मेट्रिक टन युरिया मल वीरगन्ज आइपुगेको हो ।

बंगलादेशबाट आएको मल भैरहवा,विराटनगर र वीरगन्ज कृषि सामग्री कम्पनीबाट वितरण भइरहेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले जोसिविचबाट खरिद गरिएको मल मध्ये पहिलो लटमा ३० हजार मेट्रिक टन युरिया मल वीरगन्ज आइसकेको छ ।

भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा दोश्रोे लटको ३० हजार मेट्रिक टन युरिया मल आउने क्रममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रबन्धक गोरखनाथ केसीले बताए ।

५० हजार मेट्रिक टन मध्ये बाँकी रहेको १७ हजार पाँच सय मेट्रिक टन युरिया मल आउने क्रममा रहेको छ । बंगलादेशबाट आएको मलमध्ये १४ हजार मेट्रिक टन भैरहवा , वीरगन्ज १४ हजार मेट्रिक टन र बाँकी विराटनगरबाट वितरण भइरहेको प्रबन्धक केसीले जानकारी दिए ।

नेपाल सरकारले धानको सिजनमा मलको अभाव हुन नदिन बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल खरिद गरेकोे हो । सुख्खा बन्दरगाहमा आएको मल ट्रकबाट ढुवानी गरी वीरगञ्जसम्म ल्याइने गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);