हालसम्म १ लाख मेट्रिक टन मल नेपाल आयात , ८० हजार मेट्रिक टन आउने क्रममा ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हालसम्म १ लाख मेट्रिक टन मल नेपाल आयात , ८० हजार मेट्रिक टन आउने क्रममा ( भिडियो रिपोर्ट )

विद्या तामाङ \ माउण्टेन टेलिभिजन एचडी। 

काठमाडौँ, पौष २३ । सरकारले चालु आर्थिक वर्षमा रासायनिक मल आयातका लागि १५ अर्ब विनियोजन गरेकोमा अपुग रकम थप गरी १६ अर्ब छुट्टाएको छ। कृषि मन्त्रालयबाट विनियोजन रकम मल खरीदका लागि कृषि सामाग्री लिमिटेडलाई ७० प्रतिशत तथा साल्ट टे«डिङ कर्पोरेशनलाई ३० प्रतिशत दिइएको छ।

जसमा चालु आर्थिक वर्षमा कृषि सामाग्री लिमिटेडमा ग्लोबल टेण्डरमार्फत हालसम्म युरिया डीएपी र पोटास गरी हाल १ लाख मेट्रिक टन मल आयात भएको छ भने १५ हजार ६ सय ८१ मेट्रिक टन मल मौज्दात रहेको छ । जसमा ६० हजार युरिया र ४० हजार डीएपी रहेको छ। यस्तै पाइपलाइनमा जीटुजी र ग्लोबल टेण्डर मार्फत गरी ६० हजार युरिया मल र २० हजार डीएपी मल आयात हुने क्रममा रहेको कृषि सामाग्री लिमिटेडले जनाएको छ।

२० हजार युरिया र २० हजार डीएपी मल खरीदका लागि टेण्डर प्रकाशित भइसकेको छ। थप ५ हजार पोटास मलका खरिदका लागि सुचना प्रकाशित गर्ने तयारी गरिएको पनि कृषि सामाग्रीले जनाएको छ। हालसम्म लिमिटेडले स्थानीय निकायमा ९३ हजार ८ सय ८४ मल बिक्री गरिएको उल्लेख छ।

कृषि मन्त्रालयबाट गत मसिंर १८ गते सार्वजनिक गरिएको विवरणमा साल्ट टे«डिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात रहेको थियो । यद्यपि आपूर्तिमा सहजीकरण भएपनि किसानको माग धान्ने हो भने वार्षिक ८ देखि लाख मेट्रिक टनको आवश्यक पर्ने जानकारहरु बताउँछन् ।

यसकारण मल अझै अपुग हुने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);