अव्यवस्थित पार्किङको चुनौती ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अव्यवस्थित पार्किङको चुनौती ( भिडियो रिपोर्ट )

विमल जैरु \ माउण्टेन टेलिभिजन एचडी। 

डडेल्धुरा। सुदुरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको मुख्य केन्द्रको रुपमा रहेको डडेल्धुरा सदरमुकाम बागबजार सडक छेउछाउमा निर्माण समाग्री र जथाभावि पार्किङ गरेका ठुला तथा साना सवारी साधनले अस्तव्यस्त बनेको छ। बजारको मुख्य सडक खण्डमा अव्यवस्थित रुपमा पार्किङ गरिँदा सडक साँघुरो हुनुका साथै ट्राफिक जामको समस्या हुने गरेको स्थानीयको स्थानीयको गुनासो छ।

पसल अगाडि सडकमा सवारी साधन दिनभर पार्किङ गरेर राख्दा पैदलयात्रुको आवतजावतमा समेत समस्या हुने गरेको छ। त्यतिमात्रै होइन दुर्घटनाको जोखिम समेत बढेको छ। अव्यवस्थित पार्किङका कारण हुने समस्यालाई मध्यनजर गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पार्किङ व्यवस्थापन गर्न थालेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

जिल्ला सदरमुकाम बागबजारको सडक किनारमा लहरै सवारी साधन पार्किङ गरिँदा डडेल्धुरा सदरमुकाम भएर बैतडी, बझाङ, दार्चुला लगायतका ठाउँमा जाने ठूला तथा साना सवारी साधनलाई आहोर दोहोर गर्न समेत समस्या पर्ने गरेको छ। स्थानीय तह र सरोकारवाला निकायको कमजोरीका कारण सडकमा अव्यवस्थित पार्किङ भइरहेको हो।

त्यसैले समयमै पार्किङको व्यवस्था गर्न सरोकारवाला निकायको ध्यान जान जरुरी छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);