बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अव्यवस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अव्यवस्थित

वीरगन्ज,१९ असाेज । वीरगन्ज महानगरपालिका बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अव्यवस्थित बनेको छ । ट्राफिक व्यवस्थापन गर्न वीरगन्ज महानगरपालिका सडक छेउमा राखिएको फलामे सिक्रिका कारण वीरगन्ज सहर भित्रको ट्राफिक व्यवस्थापन अझ अव्यवस्थित बनेको हो ।

वीरगन्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी पर्साको समन्वयनमा वीरगन्ज महानगरपालिका भित्र रहेको घन्टाघरदेखि माईस्थान चोकसम्म र आदर्शनगर चोकदेखि ग्रिनसिटी सामुदायिक केन्द्रको कार्यालय सम्मको सडकका छेउमा सिक्री लगाइएको छ ।

सिक्रीका कारण जथाभावी तरिकाले सडक पेटीमा सवारी पार्किङ हुन थालेको छ । सडक पेटीमा पार्किङ गर्न थालेका कारण सडक नै अव्यवस्थित र अस्तव्यस्त बनेको छ ।सवारी पार्किङ सडक पेटीमा गर्न थालेपछि सर्वसाधारणलाई सडक पेटीमा हिँड्न समेत कठिनाइ भएको छ ।

ट्राफिक व्यवस्थापनकालागि सडक छेउमा बनाईएको लेन हटाएर महानगरपालिकाले आदर्शनगर रहेको पुरानो बसपार्क, घण्टा घर छेउमा रहेको वीपी उत्थान र पुरानो रेलवे स्टेशनको भवन सवारी पार्किङको व्यवस्थापन गरेको छ । तर, पार्किङ स्थलबाट बजार टाढा पर्ने, त्यस माथि सवारी पार्किङ र सुरक्षा व्यवस्था नभएका कारण सडक पेटीमा सवारी पार्किङ गर्नु परेको स्थानीय भनाई छ ।

विगत लामो समयदेखि सवारी पार्किङ गरिएको स्थानमा सिक्रिले घेरेर पार्किङ रोकिएको कारण स्थानीय व्यापारी समेत आक्रोशित भएका छन् । यस विषयमा वीरगञ्ज महानगरपालिकाले मौनता साँध्दै आएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);